+
+
Shares

पूजा लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १२:५८

नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन् ।

सामाजिक सञ्जालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको विषयमा कलाकारहरूले आफ्नो भनाइ सार्वजनिक गरिरहेका छन् ।

नायिका शर्माले लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरू रोइलो गरिरहेका छन् । तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

पूजा अगाडि लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो ।’

उनले, कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसे पनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराइ ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिँदैन, चेतना भया ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?