Comments Add Comment

वृद्धको हत्यामा दुई छोराको संलग्नता !

८ जेठ, विराटनगर । बुधबार आफ्नै घरभित्र गाडिएको अवस्थामा फेला परेका सत्यनारायण चौहानको हत्या आरोपमा प्रहरीले उनकै दुई छोरालाई पक्राउ गरेको छ ।

बुधबार साँझ घरमा उत्खनन गर्दा सत्यनारायणको शव भेटेको प्रहरीले हत्या आरोपमा दुई छोरालाई नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका– १४ का ५५ वर्षका चौहानको हत्यामा जेठा र माइला छोरा संलग्न भएको प्रहरीको दाबि छ ।

चौहानमा तीन जना छोरा छन् । जेठा र माइला छोरा उनीसँग घरमा बस्थे । कान्छा छोरा भने विराटनगर बजारमा बस्थे । कान्छा छोराले पाँच दिनयता सम्पर्क गर्न खोज्दा बुबासँग सम्पर्क नभएपछि बुधबार उनी घर पुगेका थिए ।

घरभित्रै खाल्टो खनेको देखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए । बुधबार साँझ पुगेको प्रहरीले शव उत्खनन गरी दुई छोरालाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पैसाको विवादमा पाँच दिन अघि हत्या भएको प्रहरीले बताएको छ । बाबुको हत्या गर्ने दुवै छोराहरूलाई मोरङ प्रहरीले दिउँसो २ बजे सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment