Comments Add Comment

सेलिएक रोग र ग्लुकोटनयुक्त खानेकुराको असर

खानपानप्रति सचेतना बढ्दै जाँदा हामो भान्सामा रोटीको खपत पनि बढ्दो छ । खासगरी खानपानमा सन्तुलन मिलाउन र हल्का खानाको रुपमा दिनमा एक छाक गहुँको रोटी खाने चलन छ । बिहान एक छाक चामलको भात खाएपछि साँझमा गहुँको रोटी खाने गरिन्छ ।

गहुँको रोटी आफैँमा स्वस्थ्यकर मानिन्छ । त्यसैले कतिपयले चामलको विकल्पमा पनि गहुँको रोटी खाने गर्छन् । गहुँको पिठोबाट बन्ने अन्य परिकार पनि आँखा चिम्लेर खाने गरिन्छ । यसले २० प्रतिशतभन्दा धेरै ऊर्जा र पोषकतत्वको आपूर्ति गर्छ । तर, गहुँको रोटी वा गहुँको पिठोजन्य परिकार अत्यधिक मात्रामा सेवन गर्नु त्यति उचित हुँदैन ।

यसमो ग्लुटेन नामक एक प्रकारको प्रोटिन हुन्छ । ग्लुटेन गहुँ, जौ, रायोमा पाइन्छ र यी अन्नबाट बन्ने सबैप्रकारका परिकारहरूमा ग्लुटेन हुन्छ । ग्लुकेटन खासगरी सेलिएक रोगबाट पीडितलाई निकै घातक हुन सक्छ ।

सेलिएक रोगबाट पीडित मानिसहरूले गहुँको रोटी खानाले ग्यास्ट्राइटिस, पेट दुख्ने, आन्द्रा सुन्निने, झाडापखाला, वान्ता, माइग्रेन र जोर्नीहरूको दुखाइ जस्ता समस्या उत्पन्न हुन्छ ।

सेलिएक रोगले सिधै सानो आन्द्राको पाचनक्रियालाई प्रभावित गर्छ । चिकित्सकहरूका अनुसार सेलिएक रोग एक उपचार गर्न नसकिने रोग हो जसबाट बँच्नको लागि गहुँबाट बनेको खानेकुरा खान प्रतिबन्ध गर्नु नै एकमात्र उपाय हो ।

यसै कारण अहिले बजारमा ग्लुटेन फ्रि आँटा पनि पाइन थालेको छ । जसलाई सेतो चामलको आँटा, आलुको स्टार्च, नुन आदि मिसाएर बनाइन्छ ।

चिकित्सकहरू सेलिएक रोगबाट गहुँबाट हुने रोगबाट बँच्न कालो चना, मकै, तिल, चामल, कोदो, भट्मास, बदाम, ओखर, पेस्ता आदिबाट बनेका खानेकुराहरू खाने सल्लाह दिन्छन् ।

सेलिएक रोग

यो एक वंशाणुगत रोग हो । यसबाट पीडित मानिसहरूलाई गहुँ, जौको पिठोमा पाइने ग्लुटेन नामक प्रोटिनबाट एलर्जी हुन्छ । यी यसबाट बन्ने पदार्थहरू पीडित मानिसहरुले पचाउन सक्दैनन् ।

ग्लुटेनबाट हुने एलर्जीले विशेषगरी आन्द्रालाई प्रभावित गर्छ । यो रोग मुख्य रुपमा बच्चाहरुमा हुन्छ । समयमा उपचार नगराएमा यो रोगले ठूलो भएपछि पनि सताइरहन्छ र गाह्रो बनाइन्छ ।

यसको मुख्य लक्षणमा पेट फुल्ने र बच्चाको विकास रोकिने रहेको छ । त्यस्तै एनिमिया, रिकेट्स, कद छोटो हुने र शरीर कमजोर हुने पनि यो रोगको लक्षण हुन सक्छ । रोग लामो समयसम्म पनि रहिरहेमा आन्द्राको क्यान्सर अर्थात लिम्फोमाको खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment