+
+
Shares

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्ति छुटे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते १६:५७

८ जेठ, काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका एक जना व्यक्ति छुटेका छन् । आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’

४ जेठमा नियन्त्रणमा लिएपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भनेको थियो । तर, अदालतले मुद्दा चलाउन मानेन ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीसहितको समूहले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यहार गरेको थियो ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेका थिए । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयंसेवक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?