+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एनआरएनए माल्टाको छानबिन प्रक्रिया सुरु, सहयोग गर्न अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १४:४०

बार्सिलोना। एनआरएनए युरोप संयोजकको नेतृत्वमा गठित माल्टा छानबिन समितिले सरोकारवालालाई सहयोगको लागि अनुरोध गरेको छ।

माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार बाहिरिएपछि समितिले छानबिनको प्रक्रिया अघि बढाएको छ।

माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा छन् ।

समितिले बुधबार सूचना प्रकाशित गर्दै ‘दोषी नउम्किउन र निर्दोष नफसुन’ भन्ने अवधारणासहित निष्पक्ष छानबिन गर्ने प्रतिबद्वता व्यक्त गरेको छ। क्षमता र श्रोतले भ्याएसम्म निष्पक्ष र पारदर्शी रुपमा छानबिनलाई गति दिने जनाएको छ।

‘हाम्रो गौरवपूर्ण संगठनको छविलाई उचो राख्ने काम गरी काम गर्ने बचन बद्वता जाहेर गर्दै सम्पूर्ण सरोकारवालाहरुलाई आफूलाई परेको अप्ठारो तथा सूचना केहि भए इमेल वा फोनमा जानकारी गराई छानबिन प्रक्रियामा सहयोग पुर्‍याई दिनुहुन हार्दिक अपिल गर्दछौं,’ सूचनामा उल्लेख छ।

यो पनि पढ्नुहोस्
एनआरएनले माल्टामा छानबिन गर्दै, मानव तस्करी गर्नेलाई छोड्दैनौं– अध्यक्ष पन्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?