Comments Add Comment

रुसमा कोरोनाबाट एकैदिनमा मृत्यु हुने अहिलेसम्मकै सबैभन्दा धेरै

९ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । रुसले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा यहाँका एक सय ५० जनाको मृत्यु भएको हो । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २४९ पुगेको छ ।

रुसको कोरोना भाइरस क्राइसिस रेस्पोन्स सेन्टरका अनुसार, पछिल्लो २४ घण्टामा आठ हजार ८९४ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा समग्र संक्रमितको संख्या तीन लाख २६ हजार ४४८ पुगेको छ । रुस अमेरिकापछि संक्रमितको हिसाबमा सबैभन्दा प्रभावित मुलुक हो ।

यसैबीच, अमेरिकाले रुसलाई पाँच अर्ब ६० करोड डलरको भेन्टिलेटर सहयोग गरेको छ । रुसको राजधानी मस्कोस्थित अमेरिकी दूतावासका अनुसार यो सहयोगको पहिलो चरणमा ५० ओटा भेन्टिलेटर मस्को पुगेको छ । रुसमा कोरोना भाइरसको महामारी फैलिनुअघि रुसले पनि अमेरिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment