Comments Add Comment

प्रदेश १ मा ४० हजारको कोरोना परीक्षण गर्ने तयारी

दैनिक एक हजार परीक्षण गर्छौं : मुख्यमन्त्री

९ जेठ, विराटनगर । प्रदेश सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच गर्ने तयारी गरेको हो ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले भारतबाट नेपाल फर्कनेबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि परीक्षण दायरा बढाउने निर्णय गरेको छ ।

प्रदेश १ मा दैनिक एक हजार जनाको कोरोना जाँच गर्ने तयारी भएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको बर्गीकरणसमेत गरेको छ ।

प्रदेश सरकारले उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा बर्गीकरण गरिएको छ । सीमावर्ती जिल्लालाई उच्च जोखिममा राखेको छ ।

उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले बताए ।

प्रदेश १ मा चार हजार एक सय बढीको पिीसीआर विधिबाट परीक्षण भइसकेको छ ।

अस्पतालको बेड थप गर्ने

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको विस्तार गर्ने भएको छ ।।

सरकारले कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहक्षेत्र २ सय र नेपाली सेनाको इटहरी ब्यारेकमा ५० गरी थप ८ सय ५० बेड थप गर्ने निर्णय गरेको हो ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत जारी भएको छ । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेशमा भारतबाट २० हजार फर्कने अनुमान गरिएको छ ।

भारतबाट आएकाहरुलाई राख्न इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ एरिया पहिचान गरी निर्माण समेत थालिएको छ ।

होल्डिङ एरियामा १५ हजार बेड राख्ने तयारी छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड राख्ने तयारी गरिएको हो । हाल १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment