 
																			९ जेठ, खाँदबारी (संखुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार गरिएको हो ।
उहाँ यही जेठ ४ गते जिल्ला अस्पतालमा सुत्केरी हुनलाई भर्ना हुनुभएको थियो । कार्कीको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि यहाँ नसक्ने भन्दै जिल्ला अस्पतालबाट नोबेल अस्पताल विराटनगर सिफारिस गरिएको अस्पतालका निमित्त प्रमुख सुपरिटेण्डेन्ड डा सुन्दरश्याम झाले जानकारी दिनुभयो । उहाँका अनुसार, नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा नै आराम गरेर बस्नुपर्ने चिकित्सकले सुझाव दिए पनि उहाँलाई बिहीबार बेलुकी सङ्खुवासभास्थित घर ल्याइएको थियो ।
घर आइपुग्ने बित्तिकै राति बिरामी परेपछि आज बिहानै जिल्ला अस्पताल खाँदबारी ल्याएको र बिरामी बेहोस अवस्थामा पुगेकाले अपराह्न हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । कार्कीलाई आज ४ः०० बजे चिकित्सकको सल्लाहमा काठमाडाँैको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो ।
—
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4