
११ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण ९ सय ६५ जनाको मृत्यु भएको छ । योसँगै समग्रमा मृत्यु हुनेको संख्या २२ हजार १३ पुगेको हो ।
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ५०८ नयाँ संक्रमित फेला परेका छन् । यससँगै ब्राजिल पुनः रुसलाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ३५ हजजार ८८२ पुगेको छ ।
आन्तरिक राजनीतिक विभाजनको मारमा रहेको ब्राजिलले शनिबार सार्वजनिक गरेको नयाँ संक्रमित र मृतकको संख्या भने अघिल्लो दिनको तुलनामा केही कम हो ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4