Comments Add Comment

कोरोनाबाट भारतमा ३८ सय बढीले गुमाए ज्यान

११ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन हजार ८ सय ६७ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा मात्रै यहाँका १ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३१ हजार ८६८ पुगेको छ । पछिल्लो. २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ७६७ नयाँ संक्रमित फेला परेका छन् । भारतका लागि संक्रमितको यो संख्या एकै दिनमा भेटिएका सबैभन्दा धेरे संक्रमितको संख्या हो । पछिल्लो केही दिनयता भारतमा नया संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ हजार १९० पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ५ सय ७७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १५ हजार ५१२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १०३ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १३ हजार ६६४ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८२९ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ३७१ संक्रमित फेला परेका छन् । यो राज्यमा २८१ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार ४५९ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २६९ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार १७ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १५५ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ३८० संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ५४ हजार ४४१ संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment