Comments Add Comment

कालोबजारी गर्ने वीर अस्पताल अगाडिका फार्मेसीलाई जरिवाना

११ जेठ,काठमाडौं । कोरोना महामारीको मौका छोपेर मास्कलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री महँगो मूल्यमा बिक्री गरेको उजुरीपछि वीर अस्पताल अगाडिका औषधि पसलहरुमा छापा मारिएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले आइतबार वीर अस्पताल आगडिका सबै फार्मेसीमा छापा मारेको हो । सो क्रममा मास्क बढी मूल्यमा बिक्री गर्ने फार्मेसीहरुलाई जरिवाना तिराइएको छ ।

हनुमान फर्माले Hi Mask बढी मूल्य लिई बिक्री गरेको पाइएकोले जरिवाना गरिएको विभागले जनाएको छ । त्यस्तै मेगन फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाएपछि दुई लाख जरिवाना गरिएको छ ।

विभागले पवित्र प्रोग्रेस फार्मेसीले पनि के एन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएको र दुई लाख जरिवाना गरिएको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले३८(ङ)को कसुरमा ३९ (१) (ख) बमोजिम ती फार्मेसीहरुलाई दुई/दुई लाख लाख जरिवाना गरिएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment