+
+
Shares

एम्बुलेन्स नपाएपछि आफैँ बाइक चलाएर अस्पताल आए ककनीका संक्रमित

रोयल आचार्य रोयल आचार्य
२०७७ जेठ ११ गते २१:४०

११ जेठ, काठमाडौं । आइतबार संक्रमण पुष्टि भएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् ।

उनलाई आइतबार बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर आएको थियो । अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैँ मोटरसाइकल चलाएर टेकु अस्पतालतर्फ गएकाे ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

दिनभर एम्बुलेन्स खोज्ने प्रयास असफल भएपछि उनी आफैँ मोटरसाइकल चलाएर आएका हुन् । नुवाकोट जिल्ला अस्पताल, काठमाडौं महानगरपालिकालगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए।

‘एम्बुलेन्सका लागि उहाँले धेरै प्रयास गर्नुभयो, मैले पनि काठमाडौं महानगरपालिका, नुवाकोट जिल्ला अस्पताललगायतका ठाउँमा टेलिफोन गरेँ, तर उपलब्ध भएन । साँझ परिसकेको थियो, ढिला हुन्छ भनेर मोटरसाइकलमै जानुभयो’ उनले भने ।

उनी ६ बजेतिर काठमाडौं आएका हुन्। उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । उनी काठमाडौं आउजाउ गरिरहन्थे।

उनी मोटरसाइकलमा काठमाडौं आइसकेपछि प्रहरी खोज्दै घर आएको स्थानीय आशिष ढुंगानाले जानकारी दिए।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?