+
+
Shares

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १९:३२

११ जेठ, बुटवल । रुपन्देहीका थप तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार थपिएका तीनजना नयाँ संक्रमितहरू सम्मरीमाई गाउँपालिका-५ का दुईजना र वडा नं ७ का एकजना पुरुष रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।

तीनै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना संक्रमितको संख्यामध्ये सात जनाको विवरण अनलाइनखबरले शनिबार साँझ नै प्रकाशित गरेको थियो ।

रुपन्देहीको गैडहवा गाउँपालिकाका तीनजना, कपिलवस्तुको मायादेवी गाउँपालिलाका तीनजना र दाङ घर भई गुल्मी मदाने बस्दै आएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको समाचार शनिबार साँझ नै प्रकाशन भएको थियो ।

उनीहरूको स्वाबको पीसीआर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको थियो । जसको रिपोर्ट हिजो साँझ नै आएको हो। सोही रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएकामा आइतबारमात्रै सार्वजनिक अद्यावधिक विवरणमा ती सात जना पनि समावेश भएका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?