+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १९:३२

११ जेठ, बुटवल । रुपन्देहीका थप तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार थपिएका तीनजना नयाँ संक्रमितहरू सम्मरीमाई गाउँपालिका-५ का दुईजना र वडा नं ७ का एकजना पुरुष रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।

तीनै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना संक्रमितको संख्यामध्ये सात जनाको विवरण अनलाइनखबरले शनिबार साँझ नै प्रकाशित गरेको थियो ।

रुपन्देहीको गैडहवा गाउँपालिकाका तीनजना, कपिलवस्तुको मायादेवी गाउँपालिलाका तीनजना र दाङ घर भई गुल्मी मदाने बस्दै आएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको समाचार शनिबार साँझ नै प्रकाशन भएको थियो ।

उनीहरूको स्वाबको पीसीआर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको थियो । जसको रिपोर्ट हिजो साँझ नै आएको हो। सोही रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएकामा आइतबारमात्रै सार्वजनिक अद्यावधिक विवरणमा ती सात जना पनि समावेश भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?