Comments Add Comment

गै‌ंडाकोटमा कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

११ जेठ, चितवन । कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका-८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment