+
+

कोरोना पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा किरण कुमार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १०:११

७४ बर्षिय बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण भएको छ । उनी, यतिबेला आफ्नै घरको क्वारेन्टाइनमा छन् । किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन ।

‘धडकन, मुझसे दोस्ती करोगे’ जस्ता चलचित्रमा काम गरेका यी कलाकारले भारतीय मिडियासँग भनेका छन्–‘म अरु नै रोगको चेकअपका लागि अस्पताल गएको थिएँ । मे १४ मा अस्पताल पुग्दा कोरोनाको जाँच पनि अनिवार्य भएकाले यसको पनि जाँच गरेँ । जाँच गर्दा कोरोना पोजिटिभ देखिएको हो ।’

यी कलाकारले कोरोना पोजिटिभ देखिएको १० दिन भैसक्दा पनि आफूमा कुनै लक्षण नदेखिएको बताएका छन् । उनका अनुसार, उनको परिवार घरको दोश्रो तल्लामा बस्दै आएका छन् । उनी भने तेश्रो तल्लामा क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?