+
+
Shares

राजवल्लभको कविता–‘उसलाई देशको माया नै थिएन’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १०:५६

नायिका जल शाहले देश बाहिर बस्नेलाई देशको माया नै हुँदैन हो भनेर आक्रोश व्यक्त गरिन् । अब, अमेरिकामा नै रहेका नायक राजवल्लभ कोइरालाले कवितामार्फत देशको माया पोखेका छन् ।

कवितामा राजवल्लभ लेख्छन्–‘उसलाई देशको माया नै थिएन, घरको माया झन् के होला र खै, त्यसैले त उ देश छोडेर टाढा गयो, परिवार भन्दा पनि पर भयो, एयरपोर्टमा हासिरह्यो होला, निधारमा दुःख कत्ती थिएन, आँखामा डर कत्ती थिएन ।’

राजवल्लभ अगाडि लेख्छन्,

भोली फर्केर आउँछु आउदिन
परिवार देख्न पाउछु पाउदिन
भन्ने पनि के नै सोच्यो होला र खै
जहाजको झ्याल बाहिर
बादलको बिचमा
आफ्नो भविष्य पनि खोजेन होला उसले
जहाज बादलको ढिस्कोलाई उछिन्दै
उडी रहँदा, हल्लिरहँदा
आमालाई पनि संझेन होला
माया गर्ने भए त्यसरी सबै छोडेर जान्थ्यो र ?
२० सौ बर्ष, एउटा भित्तो र भूइको साहारामा
युवा अवस्था त्यसै बितायो
समिेन्ट र वालुवाको वगैचामा
भित्तोमा देशको झण्डा राख्यो
सिरानीमा घरको फोटो राख्यो
मुटुभरी माया थुपार्यो
रगत बगायो, पसिना बगायो
केही कमायो, आफूले एक चिम्टी राख्यो
समुन्द्रपारी एक मुठी पठायो
खुशी छु भनेर ढाट्यो
सन्चै छु भनेर हाँस्यो
राती सपना नराम्रो देख्दा
झसंग भयो, उठेर झोक्राई रह्यो
उता देशतिर कहिले घामलाग्दा र
फोन गरेर बोलम्ला भनेर जागी रह्यो
माया मारेर हिडेको मानछे
सबै त्यागेर हिडेको मान्छे
साच्चै माया नभएर नै होला है
उसले घर छोडेर हिडेको ।।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?