Comments Add Comment

विश्वभर कसरी कायम राखिँदैछ भौतिक दूरी ? (फोटो फिचर)

Photo Credit : GETTY IMAGES
अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिन नदीनजिकै रहेको डोमिनो पार्कमा भौतिक दुरी कायम राख्न लगाइएको गोलो घेराभित्र बसिरहेका मानिसहरु ।

११ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रूप लिएपछि विश्व नै यतिबेला आक्रान्त छन् । यसकाे नियन्त्रणका लागि विश्वभर विभिन्न उपायहरू अवलम्बन गरिएका छन् । तर यसबाट जाेगिन लगाइएका विभिन्न किसिमको प्रतिबन्धहरु विस्तारै हट्न थालेका छन् ।

जोखिम भने कम भएको छैन । कम भएका स्थानमा पनि दोस्रो लहरको चिन्ता छ । त्यसैले जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम राख्ने अभ्यास विश्वभर नै थालनी भएको छ ।

विश्वभर भौतिक दूरी कायम राख्ने अभ्यास भइरहेकाे छ । हेराै‌ं केही तस्वीरहरु छ –

श्रीलंकाको राजधानी सहर कोलम्बोको वल्र्ड ट्रेड सेन्टरको लिफ्टमा भौतिक दुरी कायम गर्ने अभ्यास गर्दै मानिसहरु ।REUTERS
अष्ट्रेलियाको सिड्नीस्थित फाइभ डक डाइनिङ रेष्टुरेन्टमा राखिएका कार्बोडबाट बनाइएको ग्राहकहरु ।GETTY IMAGES
थाइल्याण्डको बैंककमा रहेको पेन्गुइन इट शाबु रेष्टुरेन्टमा खाना खाइरहेका मानिसहरु ।REUTERS
अल्बानियाको एक विद्यालयमा भौतिक दूरी कायम गर्न भवनभित्र प्रवेशको लागि निर्देशनको रेखा कोरिएको छ । उक्त रेखाअनुसार मानिसहरु भवनभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।AFP
अमेरिकाको टेक्सासस्थित होउस्टनमा रहेको बेल्ला रिनोभा हेयर सैलुनमा कपाल धुँदै गरेका महिलाहरु । उनीहरुको बीचमा भौतिक दुरी कायम राख्नको लागि डिभाइडर राखिएको छ ।REUTERS
बेल्जियमको ब्रसेल्सस्थित विद्यालयमा भौतिक दूरी कायम राख्ने प्रयासमा विद्यार्थीहरु ।REUTERS
फ्रान्सको नाइसमा रेलमार्गको अगाडि भौतिक दुरी कायम गरेर उभिएका मानिसहरु ।REUTERS
अमेरिकाको सन्फ्रान्सिस्कोमा घरबारविहीन मानिसको लागि भौतिक दूरीको व्यवस्थासहित बनाइएको अस्थायी बासस्थान ।GETTY IMAGES
थाइल्याण्डको बैंककस्थित एक रेष्टुरेन्टमा भौतिक दूरी कायम राख्नका लागि एउटा कुर्सीमा राखिएको पाण्डाको डमी।EPA
स्पेनको मेड्रिडस्थित चर्चमा प्रार्थना गरिरहेका मानिसहरु चर्चमा निकै कम मात्र मानिसहरु अनिवार्य रुपमा मास्क र भौतिक दुरीको नियम पालना गर्दै जान पाउँछन् ।GETTY IMAGES
इटालीको मिलानस्थित रेष्टुरेन्टमा ग्राहकको तापमान नाप्दै एक वेटर ।REUTERS
लेबनानको बेरुतस्थित एक मस्जिदमा शुक्रबार रमजानको अवसरमा भौतिक दूरी कायम गरेर प्रार्थना गर्दै मानिसहरु ।GETTY IMAGES

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment