+
+

जसले निजी गाडीलाई एम्बुलेन्स बनाएर बिरामी ओसार्थे, उनैलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १२:०८

१२ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउँथे । ‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?