+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

त्रिवि शिक्षण अस्पतालमा पीसीआर जाँच सुरु

आर्यन धिमाल आर्यन धिमाल
२०७७ जेठ १२ गते १३:१९

१२ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा पनि सोमबारदेखि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।

शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो।

कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार पारेको हो । त्रिवि माइक्रोबायोलोजी विभागका आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठीले भने, ‘विश्वविद्यालयको उपकुलपतिको मौखिक निर्देशनमा ल्याब तयार पारिएको हो, हामीले दक्ष जनशक्ति पनि ल्याबमा खटाएका छौं ।’

मेसिन स्थानान्तरणपछि प्राविधिक कमिटी गठनसमेत गरेसँगै परीक्षण सुरु गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत अनुमति दिइसकेको छ ।

एक पटकमा ९६ नमूनाका परीक्षण गर्नसक्ने मेसिनमा कम्तीमा २४ वटा नमूना जम्मा हुनासाथ परीक्षण थाल्ने नियम बनाइएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?