Comments Add Comment

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

१३ जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

कोभिड १९ महामारी विरुद्धको लडाईंको हालसम्मको अवस्था र अबको सरकारका कदमबारे जानकारी लिन र राजनीतिक दलहरुबाट सुझाव लिन सर्वदलीय बैठक बोलाइएको हो । प्रधानमन्त्रीले यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै विज्ञहरु सम्मिलित संयन्त्र गठन गर्ने समेत बताइसकेका छन् ।

बैठकमा लिम्पियाधुरासहितको नक्सा पारित गरिसकेपछिको अवस्था,भारतसँग संवाद र निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक पेश गरिसकेको अवस्थामा सर्वसम्मत रुपमा सो विधेयक पारित गर्ने बारेमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्रीले यसअघि पनि कोभिड १९ र सीमा समस्याका बारेमा सर्वदलीय बैठकबाट म्याण्डेट लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment