Comments Add Comment

वस्तु तथा सेवा खरिदमा स्वदेशी कम्पनी प्रयोग गर्न निर्देशन

१३ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

सोमबार समितिमा नेपाल दुर सञ्चार प्राधिकरणले अघि बढाएको अप्टिकल फाइबर बिछ्याउने कामको प्रगति सम्बन्धी छलफल थियो । छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिवसहित नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष समेत उपस्थित थिए ।

समितिकी सभापति कल्याणी खड्काले ठेक्का लगाउँदा नै विदेशी कम्पनीहरुले मात्रै आवेदन दिन पाइने गरि मापदण्ड तय हुने गरेको देखिएकाले अब त्यस्तो नगर्न निर्देशन दिएको बताइन् ।

‘नेपाली कम्पनीहरुले प्रतिष्पर्धामा भाग लिनै नपाउने गरि मापदण्ड तयार हुने गरेको गुनासो आईरहेको छ, हामीले लागत, गुणस्तर र समयमै काम हुने अवस्था रहेमा नेपाली कम्पनीहरुलाई प्राथमिकतमा राख्नु भनेका छौं’, समिति सभापति खड्काले बताइन् ।

पछिल्लो समय नेपालका हरेक जसो ठेक्का पट्टामा सिमित व्यक्ति तथा कम्पनीहरुको हालीमुहाली हुने गरेको गुनासो आईरहेको छ । निर्माण सम्बन्धी ठेक्का होस् वा अन्य खरिद प्रक्रियामा निश्चित कम्पनीहरुसँग सरकारी अधिकारीहरुले सेटिङ मिलाउने गरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment