
१३ जेठ, काठमाडौं । नबिल बैंकले कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन किन्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भई पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4