
नायिका नेहा धुपिया अहिले बलिउड चलचित्रमा खासै सक्रिय छैनन् । तर, टेलिभिजन रियालिटी शोका कारण पनि उनको चर्चा भैरहन्छ ।
वैवाहिक जीवनमा बाँधिएर सन्तानको आमा बनिसकेकी यी सुन्दरीले गलत कुराको विरोधमा आवाज उठाउन नछाड्ने बताएकी छिन् ।
भारतीय मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म गलत कुराको विरोधमा आवाज उठाउन कहिले पनि छाड्दिन । मेरो कुराले केही मानिसलाई ट्रोल बनाउने बिषय मिल्न सक्छ । तर, यसो भन्दै बोल्नै छाड्नु हुँदैन ।’
उनले अगाडि भनिन्–‘यदि, मेरो कुरालाई केही मानिसहरुले सकारात्मक रुपमा लिएका छन् र केही मानिसहरुको समस्या समाधान भएको छ भने म यो कामलाई निरन्तरता दिन पछि हट्ने छैन । मेरो काम मानिसहरुलाई हौसला दिनु हो ।’
केही समय अगाडि मात्र नेहाले एक रियालिटी शोमा दिएको एक अभिव्यक्तिले उनी ट्रोलको शिकार भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4