Comments Add Comment

‘सन् २०२१ को सुरुवातसम्म आइपुग्छ कोरोना भाइरसको खोप’

हार्वर्ड युनिभर्सिटीका एक प्राध्यापकले सन् २०२१ सम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बजारमा आउने दाबी गरेका छन् । युनिभर्सिटीका प्राध्यापक आशीष झाले अहिले तीन खोपको परीक्षण चलिरहेको र यसको नतिजा पनि सकारात्मक आइरहेको अवस्थामा आगामी वर्षको सुरुवातमा यीमध्ये एउटा खोप आगामी वर्षको सुरुवातसम्ममा निश्चित रूपमा आउने उनको भनाइ छ ।

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीसँगको भिडियो कन्फ्रेन्सको क्रममा उनले यस्तो बताएका हुन् । उनले अमेरिका, चीन र बेलायतमा चलिरहेको परीक्षणको सुरुवाती नतिजा सकारात्मक आएको उल्लेख गरे । त्यसैले आगामी वर्षको सुरुमा यो भाइरसविरुद्धको खोप आउनसक्ने उनको भनाइ छ ।

आशीष हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक हुन् र सार्वजनिक स्वास्थ्यको क्षेत्रमा पनि उनले लामो समय काम गरेका छन् ।

क्षयरोगको खोप कोरोना भाइरसको लागि कत्तीको महत्त्वपूर्ण हुन्छ भनी गरिएको प्रश्नमा उनले यो खोप कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुन पनि सक्ने र यसको केही संकेत पनि मिलेको बताए । तर, अहिले नै यो खोप सहयोगी हुन्छ नै भनेर ठोकुवा गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो । गर्मी मौसममा कोरोना भाइरसको संक्रमण रोकिन्छ भन्नु सही नरहेको प्राध्यापक आशीषले बताए । बन्द कोठाको तुलनामा खुला स्थानमा यो भाइरसको संक्रमण फैलिने जोखिम कम रहेको उनले बताए ।

आशीषका अनुसार कोरोना भाइरसको संक्रमण रोक्ने उपाय परीक्षण बढाउनु नै हो । जति छिटो सम्भावित सबै मानिसको परीक्षण हुन्छ, त्यति नै छिटो कोरोना भाइरस नियन्त्रणमा आउने उनको ठम्याइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment