Comments Add Comment

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

१५ जेठ, काठमाडौं । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए ।

कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाइँमा जति अमेरिकीको ज्यान गएको थियो, लगभग त्यति नै संख्यामा तीन महिनाको अवधिमा कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएको छ ।

आफूलाई विश्वकै शक्तिशाली देश भन्ने अमेरिका कोरोनाविरुद्धको लडाइँमा भने निरीह देखिएको छ । कोरोनाबाट बढी मानवीय क्षति हुनुमा ट्रम्पको कार्यशैली जिम्मेवार भएको भन्दै उनका आलोचकहरुले आरोप लगाउँदै आएका छन् । संक्रमण र मृत्युलाई रोक्न सरकारले चाल्नुपर्ने प्रभावकारी कदम नचालिएको आलोचकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment