Comments Add Comment

युटुबमा ‘साइनो’, यस्तो छ दर्शक प्रतिक्रिया

चलचित्र ‘साइनो’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र गतबर्षको साउनमा हलमा रिलिज भएको थियो । तर, चलचित्रले दर्शकको अपेक्षित साथ भने पाउन सकेन ।

नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले यो चलचित्रको निर्माण गरेकी हुन् । सार्वजनिक भएको एक दिनमा यो चलचित्रलाई युटुबमा १ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ ।

यो चलचित्रमा नायिका नीता ढुंगाना, मिरुना मगर, भूवन चन्दको साथमा नव–नायक राजकुमारको मुख्य भूमिका छ ।

रमेश थापाले निर्देशन गरेको यो चलचित्रका सह–निर्माता शरण थापा हुन् । लक डाउनको समयमा दर्शक घरमै रहेकाले पनि नयाँ नयाँ नेपाली चलचित्र रिलिज गर्ने क्रम बढ्दो छ ।

युटुबमा नेपाली चलचित्रले दर्शकको उल्लेख्य साथ पनि पाएका छन् । चलचित्र ‘साइनो’लाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । दर्शकले नव–नायक राजकुमारको कामलाई पनि रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment