
नायिका आना शर्माले बुधबार आफ्नो जन्मदिन मनाइन् । २२ औं बर्षमा प्रवेश गरेकी यी सुन्दरीले केही साथीको साथमा जन्मदिन मनाएको उनको सामाजिक संजालका तस्वीरले पनि पुष्टी हुन्छ ।
नेपाली चलचित्र क्षेत्रमा नायिका आना शर्माको आगमन ‘जेरी’बाट भएको हो । यसपछि, उनले संझनलायक चलचित्रमा काम गरेकी छैनन् । ‘ग्याङस्टार ब्लूज’ असफल भएपछि आनाले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् ।
आना चाडै नै निर्देशक अर्पण थापाले निर्देशन गर्ने एक चलचित्रमा काम गर्दैछिन् । नेपाली चलचित्रकी यी सुन्दर नायिकालाई चलचित्रमा लिनका लागि निर्माताहरु आज पनि लालयित छन् । तर, आनाको करिअरमा एउटा हिट चलचित्रको आवश्यकता भने छ ।
जन्मदिनमा निकै नै आकर्षक देखिएकी आना साथीहरुले दिएको सरप्राइजबाट दंग देखिएकी छिन् ।
तस्वीर सौजन्यः आनाको इन्स्टाग्रामबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4