Comments Add Comment

चार अन्तर्राष्ट्रिय विमानस्थललाई १९ अर्ब ४२ करोड

दाङको नारायणपुरमा पनि विमानस्थल

१५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेट भाषण गर्दै भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरे ।

उनका अनुसार बाराको निजगढ विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत गरी कूल १९ अर्ब ४२ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।

सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनी गरिने भएको छ ।

मोरङको विराटनगर र बाँकेको नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माणको घोषणा समेत सरकारले गरेको छ ।

तेह्रथुमको चुहानडाँडा र दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउन बजेट विनियोजन गरिएको छ । हाल दाङको तुलसीपुरमा विमानस्थल छ । नारायणपुरमा पनि विमानस्थल बनाउन १० माघ ०६८ मा सम्भाव्यता अध्ययन पूरा भए पनि कार्यान्वयनको थप प्रक्रिया अगाडि बढेको छैन ।

चन्द्रगढी, धनगढी र जनकपुर विमानस्थलको स्तरोन्नती गरिने भएको छ । नयाँ हवाई नीति ल्याउने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment