Comments Add Comment

कर्मचारीको भत्ता काटियाे, सरकारी जागिर पनि तत्कालै नखुल्ने

१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो घोषणा गर्नुपरेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण, कम प्राथमिकताका गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्चलगायतको बजेट समेत उल्लेख्य कटौती भएको अर्थमन्त्रीले जानकारी दिए ।

यो पनि पढ्नुहोस कोरोनाबाट आर्थिक संकट : सरकारी कार्यालयलाई बजेट खर्चमा अंकुश

समिति, कोष, प्रतिष्ठानलगायतमा मितव्ययिता सम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन गरिने भएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार आवश्यक नदेखिएका सार्वजनिक निकाय अब खारेज गरिने छ ।

आवश्यक नभएसम्म नयाँ कर्मचारी नियुक्ति रोक्का पनि भएको छ । अनुदानमा समेत दोहोरोपन हुन नदिने अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment