+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दीपक भन्छन्–‘आधा घन्टामै दर्शक निदाउने फिल्मलाई मौलिक भन्दै पुरस्कृत नगरौ’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते ११:२०

सरकारले यो बर्षको बजेटमा पनि मौलिक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहित गर्ने बताएको छ । चलचित्रको बिषयलाई खासै सम्बोधन नगरेको सरकारले कोरोनाका कारण समस्यामा परेका चलचित्र हलहरु, निर्माताका समस्यालाई खासै सम्बोधन गरेन ।

मौलिक चलचित्रलाई पुरस्कार दिने र प्रोत्साहित गर्ने काम सरकारले यस भन्दा अगाडि पनि गरेकै हो । तर, यसमा केही चलचित्रकर्मीले भने असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले कस्तो चलचित्रलाई मौलिक चलचित्र भन्ने भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘मौलिक चलचित्र निर्माणलाई बजेट छुट्टाइएको छ, सुन्दा राम्रो छ । मौलिक चलचित्र छनौट गर्ने संयन्त्र कुन हो ? त्यही परम्परागत शैली नै होला, कस्तो चलचित्र मौलिक हो ?’

दीपकले दर्शकले पुरै अस्विकार गरेको, हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्रलाई मौलिक चलचित्र भन्दै पुरस्कृत गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्–‘विगतमा यस्ता चलचित्रहरुलाई बारम्बार नगद र अवार्डबाट पुरस्कृत गर्दै आएकाले पनि होला ९८ प्रतिशत चलचित्र यस्तै बनिरहेका छन् । विदेशी चलचित्रको भरमा मनोरञ्जन उद्योग टिकिरहेको छ । किनकी, हामी कथित मौलिक चलचित्रलाई प्रोत्साहित गरिरहेका छौ ।’

दीपकले चलचित्रको आन्तरिक बजारलाई कमजोर छाडेर यस्ता चलचित्रलाई प्रोत्साहित गर्नुभन्दा लोकप्रिय मौलिक चलचित्र निर्माणलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उनले, चलचित्र क्षेत्रमा एक पक्षलाई मात्र पक्षपोषण गर्ने काम पनि बन्द गर्न आग्रह गरेका छन् । बजेटले चलचित्रका केही कुरालाई सम्बोधन गरेकोमा खुशी लागेको बताउँदै दीपकले हरेक पक्षले खुशी मनाउने वातावरण श्रृजना गर्न पनि आग्रह गरेका छन् ।

यसपटक पनि बजेटमा विदेशी चलचित्र र नेपाली चलचित्रको टिकट दर फरक होस् भन्ने माग सम्बोधन नभएको भन्दै उनले असन्तुष्टी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?