Comments Add Comment

बारामा थप चार जनामा कोरोना

१६ जेठ, काठमाडौं । बारामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार पचरौता नगरपालिका–२ का २७, २८ र ४५ तथा वडा नम्बर ६ का २७ वर्षीय पुरुष व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै बारामा संक्रमितो संखया ५८ पुगेको उनले बताए ।

संक्रमित सबै जना भारतबाट आएर पचरौता नगरपालिका वडा नम्बर १ स्थित पीपरपाती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमित सबैलाई बाराको कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

पचरौता नगरपालिकाका जनस्वास्थ्य प्रमुख नवल किशोर यादवका अनुसार उक्त क्वारेन्टिनमा एक सय जनाको परीक्षण गरिएकोमा चार जनामा संक्रमण देखिएको हो।

पचरौता नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय मावि वेलदारी क्वारेन्टिनमा बसेका ५४ जना र वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय मावि वेलौली क्वारेन्टिनमा बसेका २९ जनाको स्वाब संकलन गर्न बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment