Comments Add Comment

रक्सीले मात्तिएका युवकले काटेर फ्याँके आफ्नै यौनांग

काठमाडौं । जर्मनीको बर्लिनमा रक्सीले मात्तिएका एकजना युवकले आफ्नै यौनांग काटेर फ्याँकेका छन् । बर्लिनस्थित एक पार्कमा बुधबार मध्यरातमा प्रहरीले रगताम्मे अवस्थामा लडेका ती युवकलाई उद्दार गरेको छ ।

इमर्जेन्सी नम्बरमा फोन गरेर गुहार मागेसँगै पुगेको पुलिसले लिंग काटिएर रगताम्मे भएका युवकलाई तत्कालै अस्पताल पुर्याएको थियो । तर दुःखको कुरा उनले काटेर फ्याँकेको लिंगको टुक्रा फेला नपरेका कारण डाक्टरहरुले उनको गोप्य अंगलाई जोड्न पाएनन् ।

ती युवकले निकै नै धेरै मदिरा सेवन गरेको र तीन पटकको प्रयासमा आफ्नो लिंग छिनालेको समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले तीव्र खोजतलासका बाबजुत ती युवकले छिनालेर फ्याँकिएको यौनांगको टुक्रा फेला पार्न सकेको छैन ।

युवकले के कारणले आफ्नो यौनांग छिनाले भन्नेचाहिँ खुलेको छैन । उनको अवस्था गम्भीर रहेको कारण सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment