+
+
Shares

अमिताभ लेख्छन्–‘लकडाउनमा जे सिके‌ँ, त्यति ७८ वर्षमै सिकेको थिइनँ’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १२:१२

बलिउड नायक अमिताभ बच्चनले आफूले लकडाउनमा जीवनको विषयमा धेरै कुरा सिकेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा मनको भावना लेख्दै अमिताभले भनेका छन्–‘यो लकडाउनको समयमा मैले जतिकुराहरू सिकेँ, त्यति कुरा मैले आफ्नो जीवनको ७८ सालमा पनि सिकेको थिइनँ ।’

उनले ट्विटरमा ट्विट गर्दै लेखेका छन्–‘लकडाउनको समयमा मैले जति सिके, बुझेँ र जाने त्यति मैले आफ्नो जीवनको कालखण्डमा सिकेको थिइनँ । न त सम्झिन नै सकेको थिएँ, न त बुझ्न नै । यो साँचो कुरा व्यक्त गर्दाको परिणाम हो ।’

अमिताभले अर्को एक ट्विटमा जिन्दगीलाई दुई दिनको मेलाभन्दै दुई दिनका लागि आउने र जाने बाटो बताएका थिए । लामो समयदेखि लकडाउनमा रहँदा कलाकारहरूले आफ्नो भोगाइ सेयर गर्दै आइरहेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?