
बलिउड नायक साहरुख खानले कोरोनासँगको लडाइँमा सरकार र नागरिकलाई आफूले सकेको सहयोग गर्दै आएका छन् ।
२५ हजार पीपीई किट्स उपलब्ध गराउनेदेखि पाँच हजारलाई एक महिनासम्म खाना खुवाउने काम साहरुखले गरिसकेका छन् ।
उनै साहरुखले अप्रिल महिनामा आफ्नो अफिसलाई क्वारेन्टिन बनाउन सरकारसँग आग्रह गरेका थिए ।
साहरुख र गौरी खानले सरकारलाई आग्रह गरेको करिब एक महिनापछि अब उनीहरूको अफिस क्वारेन्टिनमा परिणत भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार साहरुखको अफिसमा छ जना कोरोना कोरोना संक्रमितहरूलाई राखिएको छ । शनिबारदेखि बीएमसीले ६ जनालाई साहरुखको खारस्थित अफिसमा सिफ्ट गरेको हो ।
साहरुखको अफिसमा २२ वटा बेड समावेश गरिएको क्वारेन्टाइन तयार गरिएको थियो । जहाँ सम्पूर्ण सुविधा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4