+
+
Shares

नारायणी अस्पतालले सुरु गर्‍याे डायलासिस सेवा 

सुरेश बिडारी सुरेश बिडारी
२०७७ जेठ १८ गते १३:१५
फाइल तस्वीर

१८ जेठ, वीरगञ्ज । कोभिडबाट जनरलमा परिणत भएकाे वीरगञ्जस्थित नारायणी अस्पतालले आइतबारबाट डायलासिस सेवा सुरु गरेको छ। अस्पतालले नेसनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा सुरु गरेको हो ।

नारायणी टर्सरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो । नारायणी अस्पतालमा ११ वटा डायलासिस मेसिन भए पनि ६ वटा मात्रै सञ्चालनमा छ । पुरानो र नयाँ दुवै खाले मेसिन भएकाले मर्मत गरिरहनुपर्नेे, स्थान र जनशक्ति अभावका कारण सबै मेसिन सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले बताउँदै आएको छ ।

अस्पतालले यसअघि दैनिक तीन सिफ्टमा १७ जनासम्मको डायलासिस गर्दै आएको थियो। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका कारण केही कर्मचारी क्वारेन्टिनमा रहेकोले तत्काल दुई सिफ्टमा सेवा सुरु गरेको डा. निरज सिंहले जानकारी दिए।

‘हामी कहाँ ४० जनाले डायलासिस सेवा लिन्थे, ८ जना बितिसकेका छन्,’ उनले भने, ‘५ जनाको डायलासिस गरेर सेवा सुरु गरेका छौं । क्वारेन्टिनबाट स्टाफ फर्केपछि तीनै सिफ्टमा सेवा दिन्छौं ।’

अब दैनिक १२ जनासम्मलाई डायलासिस सेवा दिन सक्ने अस्पतालले जनाएको छ । नारायणी अस्पतालले निःशुल्क डायलासिस सेवा प्रदान गर्ने भएकोले मिर्गौला बिरामीहरूको चाप बढी हुने गरेको छ। तर, मेसिन भएर पनि प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीहरू चर्को शुल्कमा अन्य स्थानमा सेवा लिन जान बाध्य छन्। निजी स्वास्थ्य संस्थाले डायलासिस सेवा बापत पाँच हजार रुपैयाँसम्म लिने गरेका छन्। तर, तीन सिफ्टमा सेवा सुरु नगर्दासम्म नयाँ बिरामी नलिने नीति लिएको डा. सिंहले बताए ।

कोभिड अस्पतालमा परिणत भए पनि नारायणीले आकस्मिक कक्षबाट सर्पदंश उपचार सेवा, फिभर क्लिनिकबाट सेवा दिँदै आएको थियो । यसअघि अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबारबाट अस्पतालले डायलासिस सेवा सुचारु गर्ने जानकारी दिएकाे थियाे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालले दिने अन्य सेवा पनि क्रमिक रुपमा सञ्चालन गर्ने जानकारी दिए । ‘नारायणी अस्पतालको साधारण सेवाहरू सञ्चालनको निमित्त आवश्यक सरसफाई निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीव्र रुपमा भइरहेको छ । कोभिड अस्पतालबाट साधारण अस्पतालमा परिणत भएको मुलुककै पहिलो अस्पताल हो । संक्रमणबाट पूर्ण रुपमा सुरक्षित भएको प्रत्याभूतिको लागि पहल हुनुपर्ने जरुरी देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

बहिरंग सेवा भने व्यक्ति-व्यक्तिबीचको दुरी कायम गरी पहिले प्रत्येक विभागमा बढीमा २५ जनाको मात्रै उपचार गर्नेगरी सञ्चालन गरिने डा. उपाध्यायको भनाइ छ । अस्पतालले प्रदान गर्ने अन्तरंग सेवा सुचारु हुन अझै केही दिन लाग्ने, आकस्मिक सेवा प्रदान गरेपश्चात भर्ना हुन भने अन्यत्र पठाउनुपर्ने बाध्यता हुने उल्लेख गर्दै विज्ञप्तिमा अन्य सेवा छिटोभन्दा छिटो प्रदान गर्ने उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?