Comments Add Comment

चिकित्सक कुटपिटबारे छानबिन गर्न समिति गठन

१८ जेठ, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिटको छानविन गर्न समिति गठन भएको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आइतबार विज्ञप्ति जारी गरी छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका प्रहरी उपरीक्षकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको बताएका छन् ।

रिजालका अनुसार प्रहरी प्रधान कार्यालयमा रहेको फरेन्सिक ल्याबमा सीसीटीभी फुटेज रिट्रिभ गर्ने काम भइरहेको छ । घटनाको समयको सीसीटीभी फुटेज समेत डिलिट गरिएको भन्दै यो घटनालाई गम्भीर ढंगले छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै कलेजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

यस विषयमा स्वास्थ्यमन्त्रीले समेत गृहसचिवसँग कुराकानी गरेर गम्भीर चासो व्यक्त गरेको रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, अहिले सो घटनाका सन्दर्भमा स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र गृहमन्त्रालयका प्रतिनिधिसहितको र्‍यापिड  रेस्पोन्स टिम गठन गर्न समेत पहल भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment