 
																			१८ जेठ, चितवन । जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
२३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले विरही धनुषा घटनामा पनि संलग्न भएको दाबी गरेको थियो । तर अदालतले त्यसलाई पनि अस्वीकार गरेको छ र भरतपुर अस्पतालमै लगेर राख्न भनेको छ ।
उनको तर्फबाट अभिवक्ता कमल पाठक, अपिल पोखरेल र धर्म आचार्यले बहस गरेका थिए ।अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4