+
+

दलित युवक हत्याको विरोधमा बाबुराम भट्टराई सडकमा

शंकर गिरी शंकर गिरी
२०७७ जेठ १८ गते १८:३७

१८ जेठ, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पनि सहभागी थिए ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए  । त्यस क्रममा विकसहित ५ जनाको मृत्यु  भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् ।

  

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?