Comments Add Comment

यामाहा फेस्सिनो १२५ एफआई अब नेपालमा

२० जेठ, काठमाडौं । एमएडब्लु इन्टरप्राइजेज प्रा.लि. नेपालका लागि यामाहा टू ह्विलर्सको एकमात्र आधिकारिक वितरकद्वारा क्लासिक युरोपियन स्टाइलको फेस्सिनो १२५ सिसिको बिक्री शुभारम्भसँगै आफूहरू १२५ सीसी स्कुटरको समूहमा प्रवेश गरेको घोषणा गरेको छ।

यो नयाँ स्कुटर उत्साहजनक नयाँ विशेषताहरू, प्रविधिहरूका साथ प्रस्तुत गरिएको छ र यो विभिन्न आकर्षक रङ्गहरूमा उपलब्ध भएको छ ।

सम्पूर्ण नयाँ फेस्सिनोले १२५ एफआई इन्जिनका साथ प्रभावकारिता सिर्जना गर्छ । जुन बिएस-भिआई कम्लियन्ट, फ्युल इन्जेक्टेड (एफआई)द्वारा सशक्त छ भनेँ जसबाट पावर क्षमता ३० प्रतिशत बढी उत्पादन गर्छ र इन्धन खपत १६ प्रतिशत ज्यादा गर्छ । यो ९९ केजी तौलको छ जसलाई सजिलै चलाउन सकिन्छ र योजस्तै समूहमा यो अत्यन्त हलुका स्कुटर पनि हो।

फेस्सिनो १२५ रोक्ने र चलाउने प्रणालीमा आधारित भएकोले यसले इन्जिन निष्कृय हुनबाट रोक्छ र पछि तुरुन्तै थ्रेटलको एकल मोडका साथ चल्छ, जसले हाँक्ने वातावरणको पहुँचमा पुग्न सेन्सरहरूको प्रयोग गर्दछ ।

नयाँ फेस्सिनो १२५एफआईमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ। जसले बटनलाई एक पटक दबाब दिनेबित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरूमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्विच पनि यसमा रहेको छ ।

यो स्कुटरले एकीकृत ब्रेकिङ प्रणाली (युबिएस) र अग्र डिस्क ब्रेकका साथलगातार ब्रेकिङ शक्तिको पनि प्रयोग गर्छ । फेस्सिनोको डिजाइन ती व्यक्तिहरूलाई लक्षित गरेर बनाइएको छ जो आफूले सवारी चलाउँदा उनीहरूको व्यक्तित्वको सही प्रतिनिधित्व त्यसमा देखियोस् र यसले उच्च माइलेज रेकर्डका साथ उत्कृष्ट पफमेन्स प्रदान गरोस् भन्ने चाहन्छन् ।

नवीन विशेषताहरू र प्रविधिहरूका साथसाथै फेस्सिनो १२५एफआइ को बनावट क्लासिक युरोपियन स्टाइलमा टड्कारै देख्न सकिन्छ। जसमा यसले सम्पूर्ण नयाँ बाह्य डिजाइन, हेडलाइट, गेज र अरू विशेषताहरू प्राप्त गरेको छ। जसबाट सुन्दरताको अनुभूति जगाउँछ। फेस्सिनो १२५एफआइ ५ भिन्नभिन्न रङ्गहरूमा आएका छन् ।

‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्यातिप्राप्त नाम हो । हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जितमात्र गरेका छैनौं साथमा प्रमुख स्टाइलहरूमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फेस्सिनो १२५ एफआइले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ,’ यामाहा नेपालका बजार प्रमुख श्रीविक्रम शर्मा पौडेलले भने ।

वर्तमानमा घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर राखेर एम‍. ए. डब्लुले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत् सेवा पुर्‍याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङमा सहयोग प्रदान गर्न परिचालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment