+
+

अर्थमन्त्रीको स्पष्टीकरण : एमसीसी संसदबाट अनुमोदन भए मात्र रकम निकासा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १२:१५

१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् ।

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो ।

बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे । ‘तर अमेरिकी सहयोग रकम त्योबेला मात्र निकासा हुन्छ, जुन बेला संसदमा विचाराधीन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?