+
+
Shares

भारतमा कोरोनाबाट संक्रमित हुने एक लाख ९० हजार नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १२:२४

१९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार पाँच सय ३५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार तीन सय ९२ नयाँ संक्रमित थपिएका हुन् । भारतमा एकैदिन थपिएका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार तीन सय ९४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई सय ३० जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार दुई सय ८६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, तामिलनाडुमा २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक सय ७३ जनाको मृत्यु भइसकेको छ।

दिल्लीमा पनि १९ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा चार सय ७३ जनाको मृत्यु भएको छ। गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ३८ जनाको मृत्यु भएको छ।

पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा तीन सय १७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण देखिँदा दुई सय १३ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार आठ सयभन्दा संक्रमित छन् भने २१ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका करिब ९२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?