Comments Add Comment

नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि

'सुरुमै आइसोलेसनमा राखेकाले अस्पतालमा संक्रमणको जोखिम छैन'

१९ जेठ, काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा  कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो। सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्‍वाब सं‌कलन गरेर पठाइएको थियो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन,आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।’

आइसोलेसन कक्ष अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनमा खटिने विशेष टिम भएकाले अस्पतालको अरु सेवामा अप्ठेरो नपर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment