Comments Add Comment

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

१९ जेठ, काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा २२६ संक्रमित थपिएको बताएको थियो । साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना छन् । यस्तै पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, र रुपन्देहीको गैडहवाका २ जना छन् ।

कपिलवस्तुमा ४७ थपिए 

यससँगै कपिलवस्तुमा एकैदिन ४७ जना संक्रमित थपिएका छन् ।

त्यसमध्ये १२ जना शिवराजको क्वारेन्टिनमा छन् । उनीहरु १९ देखि ५५ वर्षका छन् । हरिहरपुरका ८ जना छन् । उनीहरु १९ देखि ३८ वर्षका छन् । यस्तै रंगीलाल माविको क्वारेन्टिनमा रहेका ११ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरु १७ देखि ३५ वर्ष उमेर समूहका छन् । महाराजगञ्जका २ जना ३० र ३३ वर्षका पुरष र बाणगंगाका २ जना ३१ र ३८ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुकै चन्द्रौटाको क्वारेन्टिनमा रहेका ३ जना र रघु सामुदायिक स्कुलको क्वारेन्टिनमा २ जना २७ र ४६ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखमा ४१ जना संक्रमित थपिएका छन् ।

उनीहरूमध्ये नारायण नगरपालिकाका २५ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ देखि ३५ वर्षका नौ जना र सुर्खेतमा गरिएको परीक्षणमा १० देखि ३६ वर्षका १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्लु नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २३ र ३० वर्षकी दुई महिला छन् भने दुई वर्षका बालकदेखि ३९ वर्षका पुरुष छन् ।

यस्तै देवकाँडाका ३ जना १८ देखि ३८ वर्षका पुरुष, सिमडाका २ जना २४ र ३९ वर्षीय पुरुष, सोतका ३५ वर्षीय पुरुष, सादुका २२ वर्षीय पुरुष र जुकेपानीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। महावु गाउँपालिकाका २५ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी जुम्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ । हिमाका ८ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु २३ देखि ६३ वर्ष उमेरका पुरुष हुन् । सिन्जाका ९ जना छन् । उनीहरु १२ देखि ४५ वर्षका छन् । जुम्लामा कार्यरत २७ र ३४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सल्यानका १० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु वनगाढ कुपिण्डेका २० देखि ४० वर्षका पुरुष हुन् ।

सुर्खेत बराहतालका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

रौतहटमा १८ जना संक्रमित थपिएका छन् । परोहाका १४ जना संक्रमित १९ देखि ४५ वर्षका पुरुष हुन् । यमुनामाई गाउँपालिकाका ४ जना छन् । संक्रमित हुनेमा २० वर्षीय महिला र २२ देखि ३५ वर्षका तीन पुरुष छन् ।

बाँकेमा ७ जना संक्रमित थपिएका छन् । उनीहरु डुडवाका १७ देखि ३५ वर्षका पुरुष छन् ।

दाङका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगपालिकाका ५ जना छन् । उनीहरु १८ देखि २३ वर्षका पुरुष हुन् । गडवाका २ जना २४ र ३६ वर्षका पुरुष, लमहीका ४० वर्षीय पुरुष र राप्तीका ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषामा ७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये धनौजीका ४ जना छन् । उनीहरु १८ देखि ३२ वर्षका छन् । हंशपुरका दुई जना १९ र २० वर्षका पुरुष र प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण क्वारेन्टिनमा रहेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरु १८ देखि ६० वर्षका छन् ।

जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा २ जना थपिएका छन् । लहोरपट्टी क्वारेन्टिनमा रहेका उनीहरु दुवै १८ वर्षका छन् ।

सर्लाहीका ३८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जनता माविको क्वारेन्टिनमा छन् । संक्रमित हुनेमा ९ वर्षीयासहित ५ जना महिला छन् भने अरु पुरुष हुन् ।

यस्तै कैलालीमा १४ संक्रमित थपिएका छन् । २ वर्षीया बालिकासहित तीन महिला छन् भने ११ पुरुष छन् । उनीहरु ५ वर्षका बालकदेखि २७ वर्षका छन् ।

कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा बारादशीका ३२ र ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, विणा त्रिवेणीका १४ वर्षीय बालकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनलाई अहिले पाटन अस्पताल लगिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १८११ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment