
१९ जेठ, जनकपुरधाम । सप्तरीमा लकडाउन प्रभावित मुसहर समुदायलाई राहत बितरण गरिएको छ ।
नेपाली वेलफेयर सोसाइटी युकेले सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका ३२ घर परिवारलाई राहत वितरण गरेको हो ।
दलित सरोकार मञ्च नेपालको संयोजनमा प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, एक लिटर खाने तेल र एक पोका नुन उपलब्ध गरायएको मञ्चका भोला पासवानले बताए ।
सुत्केरी र गर्भवतीलाई पोषण
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई एकीकृत पोषण प्याकेज विरतरण गरिएको छ ।
मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा चन्द्रनगर २ का ९३ परिवारलाई वितरण गरिएको भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताए ।
प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, आधा लिटर खानेतेल, आधा किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध फलफुल केरा र काँक्रो प्रदान गरिएको ट्रस्टका प्रमुख देव नारायण मण्डलले जानकारी गराए ।
प्रतिक्रिया 4