+
+
Shares

अहिलेको व्यवस्था धेरै जाँदैन, क्रान्ति अघि बढ्छ : अनिल शर्मा

सुवास पण्डित सुवास पण्डित
२०७७ जेठ २० गते ११:४३

२० जेठ, चितवन । विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)ले अहिलेको राजनीतिक व्यवस्था धेरै पर नजाने र जनताले विद्रोह गर्ने बताएका छन् । भरतपुुर अस्पतालमा उपचाररत नेता बिरहीले अनलाइनखबरसँग कुरा गर्दै जनताको अपेक्षामाथि सरकारले कुठाराघात गरेकाले अहिलेको दलीय व्यवस्था र संरचना धेरै अगाडि नजाने जिकीर गरे ।

जनजीविकाका सवाल उठाउँदा सरकार सही ट्रयाकमा आउँछ भनेर आफूहरुको दलले गरेको आन्दोलनलाई दमन गरिएको नेता बिरहीले बताए । ‘हामीले त राष्ट्रियता र जनजीविकाका सवाल उठाएका छौं, यी सरकारका एजेण्डा बनोस् भनेको छौं, सरकारले जनताको पक्षमा काम गरोस् भनेका छौं, तर उल्टै हामी माथि दमन गरेर सरकारले फाँसीवादी चरीत्र देखाएको छ,’ नेता बिरहीले भने, ‘हामीले अहिलेको नेपालको संविधान र कानुनले दिएको अधिकारभन्दा बाहिर कुनै गतिविधी गरेका छैनौं ।’

जनयुद्धका सहयात्रीसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विगतका अन्तरविरोधलाई लिएर अझै बढी दमनमा उत्रिएको बुझाइ नेता विरहीको छ ।

लिम्पियाधुरा, कालापानी लिपुलेक लगायतका एजेण्डा आफूहरुले उठाएको र सरकार अहिले त्यहीँ आइपुगेको नेता शर्माले बताए ।

‘हामीले मागेको केही छैन, क्रान्ति चाहेको झोली थाप्नका लागि हैन, जनयुद्धले जे गर्ने भनेको थियो त्यो भएन, हामीले त्यही गर्ने हो,’ नेता विरहीले भने, ‘अहिलेको क्रान्तिमा वीन–वीनको सम्भावना छैन । क्रान्तिमा एउटाले जित्छ ।’

एकीकृत जनक्रान्ति कसरी अगाडि बढ्छ त भन्ने प्रश्नमा नेता शर्माले भने ‘कांग्रेस, नेकपा, प्रहरी र सेनाभित्र उत्पीडनमा परेका राष्ट्रवादी र अग्रगमनकारीहरुसँग सहकार्य हुन्छ, विगत २०५२ को भन्दा नयाँ ढंगले अघि बढ्छ । समाज अघि बढ्ने, हामी पछाडि फर्किने भन्ने कुरा हुन्न । गाउँ र शहरबाट सबै जनतालाई एकीकृत गरेर शान्तिपूर्ण ढंगले नै क्रान्ति लैजान्छौं ।’

देशमा धार्मिक, जातिय र क्षेत्रिय द्वन्द्वको खतरा देखेका नेता बिरहीले यसको समाधान भौतिकवादलाई स्थापित गरेर मात्रै हुन सक्ने बताए । सत्ता र सरकारको ध्यान द्वन्द्व घटाउने तिर नभई बढाउनेतिर उद्दत रहेको भन्दै नेता बिरहीले भने, ‘भएका उद्योगधन्दा बचेर खाने, युवालाई विदेश पठाउने, सामाजिक संरचना र सम्वन्ध विगार्ने, भएका युवालाई गाँजाको कारोबार गर्न लगाएर भष्ट्र र गजडी बनाउने र क्रान्तिमा लाग्दैनन् भन्ने मनोविज्ञान देखिन्छ ।’ उनले अहिलेको अर्थतन्त्र दलाल पूँजीपतिको मुठ्ठीमा रहेको र कमिसनबाट नै नेता चल्ने गरको आरोप लगाए ।

गएको वैशाख २३ गते लडेर ढाडमा समस्या भएपछि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्न जाँदा प्रहरीद्वारा पक्राउ गरिएका नेता बिरही बैशाख १८ गते जिल्ला अदालत चितवनको आदेशमा थुनामुक्त भैसकेका छन् । उनी अझै पनि अस्पतालमै उपचाररत छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?