Comments Add Comment

दार्चुलामा डा. केसीको दुई दिने अनसन सुरु

२० जेठ, डोटी । चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् ।

सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेका छन् ।

‘सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँचका लागि’ भन्दै उनले अनसन सुरु गरेका हुन् । उनी मंगलबार र बुधबार अनसन बस्नेछन् ।

दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनले राखेका छन् ।

त्यस्तै गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसंग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।

यसअघि गत कात्तिक १८ गतेदेखि डडेल्धुरा जिल्ला सदरमुकाममा डा. केसीले १७ औं पटक अनसन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment