Comments Add Comment

धनगढीका व्यापारीको चेतावनी- लकडाउनको स्वरुप नफेरे व्यापार सुरु गर्छौं 

२० जेठ, कैलाली । सरकारले व्यापारीको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरुले धनगढीमा बजार खोल्ने चेतावनी दिएका छन् । कैलाली उद्योग बाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरिएको जनाएको छ ।

‘सरकार कर तिर्न ताकेता गर्छ । बैङ्कको व्याजको पनि त्यस्तै समस्या छ,’ उद्योग बणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘अब लकडाउन भनेर बसेर हुँदैन । व्यापार सुरु गर्नुपर्छ ।’ बुधबारसम्म सरकारको मोडालिटी हेरेर व्यापार सुरु गर्ने तयारीमा रहेको उनले बताए । ‘व्यापारको प्रकृति हेरेर सरकारले समय निर्धारण गर्नुपर्छ,’ उनले भने, ‘समय मिलाएर बजार खोल्ने व्यवस्था गरे हामी स्वीकार गर्छाै नत्र हामी नै समय मिलाएर बजार सुचारु गर्छाैं । ’

छलफलमा सहभागी उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले लकडाउनको प्रारुप फेर्नुपर्ने बताए । ‘भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्था आएको छ,’ उनले भने, ‘यहाँ त अब रोगले भन्दा बढी भोकले मर्लान् भन्ने डर भयो ।’ अर्थतन्त्र धरासयी भएको र सरकारले यसतर्फ ध्यान नदिएको उनले बताए ।

उद्योग वाणिज्य संघले जिल्ला प्रशसान कार्यालय कैलालीलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । प्रशासनले व्यवसाय सञ्चालनको अनुमति नदिए बुधबारदेखि आफ्नो व्यवसाय सञ्चालन गर्ने समेत संघले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment