Comments Add Comment

निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

स्पेस एक्सको अन्तरीक्षयान ‘द क्रू ड्रागन’ले नासाका दुईजना अन्तरीक्षयात्रीलाई लिएर अन्तरीक्षको यात्रामा निस्किएको छ ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उक्त अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । योसँगै अमेरिकाले नौ वर्षपछि आफ्नै भूमिबाट पहिलोपटक मानवयान अन्तरीक्षमा प्रक्षेपण गरेको छ ।

स्पेस एक्सको यो रकेट प्रक्षेपणले अर्को कीर्तिमानसमेत कायम गरेको छ । विश्वमा पहिलोपटक कुनै निजी अन्तरीक्षयानका माध्यमबाट अन्तरीक्षयात्रीहरु इन्टरनेसनल स्पेस स्टेसनका लागि प्रस्थान गरेका छन् ।

स्पेस एक्सको निजी यानबाट नासाका अन्तरीक्षयात्री बब बेनकेन र डग हर्ली अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रको यात्रा गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

सन् २००० मा स्पेस एक्सको निजी अन्तरीक्षयानबाट अन्तरीक्षमा जानका लागि यी दुईको छनोट भएको थियो । यी दुई अन्तरीक्षयात्रीहरु अहिलेसम्म नासाको तर्फबाट यसअघि दुई-दुई पटक अन्तरीक्षमा पुगिसकेका छन् । नासाको अन्तरीक्षयात्रीको टोलीमा यी सबैभन्दा अनुभवी अन्तरीक्षयात्री हुन् ।

१९ घण्टामा यी दुई अन्तरीक्ष स्टेसनमा पुग्नेछन् ।

यसअघि गत बुधबार पहिलोपटक अन्तरीक्षयान प्रक्षेपणको प्रयास गरिएको भए पनि खराब मौसमका कारण सो दिन स्थगित गरिएको थियो ।

सन् २०११ यता अमेरिकाले पहिलोपटक फ्लोरिडाबाट अन्तरीक्षमा मानिस पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त ऐतिहासिक पलको साक्षी बनेका छन् । अन्तरीक्षयान प्रक्षेपणको दृश्य हेर्नका लागि ट्रम्प फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा पुगेका थिए ।

नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनका अनुसार रकेट प्रक्षेपणका बेला ट्रम्पले प्रार्थना गरिरहेका थिए ।

उनले भनेका छन्, ‘मैले गडगडाहट सुनेँ तर त्यसबेला मैले केही अरु नै महसुस गरिरहेकेा थिएँ । जब आफ्नो टिम रकेटमा हुन्छ, त्यतिबेला यस्तै महसुस हुन्छ । यो हाम्रो टिम हो । यो अमेरिकाको टिम हो । अहिले हामी निकै कठिन समयबाट गुज्रिरहेका छौँ । तर अन्तरीक्षयान प्रक्षेपणको यो घटनाले मानिसहरुलाई प्रेरणा मिल्नेछ,’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment