Comments Add Comment

कतारबाट फर्किएका मिर्गौला रोगीको कथा

२१ जेठ, विराटनगर । नेपाली समाजमा आहान छ, ऋण लागोस्, तर दिन नलागोस् । गरीब परिवारका मानिसलाई रोग लाग्यो भने त्योभन्दा अर्को ठूलो दिन केही हुँदैन । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो । तर, रोग बाजा बजाएर आउँदैन ।

सिराहा लहान नगरपालिका– २४ का जसिलाल दास रोजगारीका लागि विदेशमा रहेका बेला दुबै मिर्गाैलाले काम नगरेपछि घर फर्किए । तीन वर्षअघि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । विवाह गरेको ६ महिना नबित्दै कतार पुगेका उनका एक वर्षपछि स्वास्थ्य समस्या देखियो ।

सुरुमा उनले खासै वास्ता गरेनन् । तर, अस्पताल पुग्दा ढिलो भइसकेको थियो । कतारमै मिर्गाैलाले काम नगरेको थाहा पाएपछि कम्पनीले नेपाल फर्काइदियो ।

नेपाल आएर उनले बीर अस्पताल, काठमाडौंमा डाइलसिस गरे । तर, घरबाट टाढा भएका कारण विराटनगर आए । पालोमा बस्नुपर्ने र बीरमा पालो पनि ढिलो आएका कारण विराटनगर आएको उनका आफन्त बताउँछन् ।

बाँच्नका लागि हप्तामा दुई पटकसम्म डायलासिस गर्नुपर्छ । डाइलसिस निशुल्क भए पनि अन्य सामग्रीमा लाग्ने शुल्कले उनको परिवारको सम्पत्ति सकिएको छ । अहिले कोरोना महामारीको त्रासका बेला उनी विराटनगरको विराट मेडिकल कलेजमा मृत्युसँग संषर्ष गरिरहेका छन् । तीन महिनाअघि अस्पताल भर्ना भएका उनी खर्च अभावमा अस्पतालबाट घर जान पाएका छैनन् ।

जसीलाल मिर्गाैला पीडित बनेको पाँच महिना मात्र भयो । अतिविपन्न परिवारका उनको उपचारमा आफन्तले घरखेत बेचिसकेका छन् । ‘भाइ मिर्गाैला पीडित भएको पाँच महिना भयो,’ जसिलालका दाजु कृष्ण भन्छन् ‘भाइ बिरामी भएपछि सबै सकियो ।’

पाँच महिनाको अवधिमा उपचारका लागि १२ लाखभन्दा बढी खर्च भइसकेको कृष्णले बताए । आर्थिक अवस्था कमजोर भएका कारण जसिलालको उपचारका लागि साथीभाइसँग सय÷पचास मागेर खानाको जोहो गरिरहेको कृष्ण बताउँछन् । तर, ‘लकडाउनले गर्दा सहयोगसमेत जुटाउन नपाएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment