Comments Add Comment

कोरोनाले कठिन बन्दै विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरको अवस्था

२१ जेठ, काठमाडौं । बंगलादेशमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरको अवस्थामा  कठिन बन्दै भएको छ । बंगलादेशको दक्षिणी क्षेत्रमा रहेको कोक्स बजारमा रहेको रोहिंग्या शरणार्थी बस्ने शिविरमा मंगलबार ७१ वर्षीय एक शरणार्थीको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यो शिविरमा कोरोना भाइरसबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।

अहिलेसम्म यो शरणार्थी शिविरमा कम्तीमा २९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । लामो समयदेखि यो शिविरमा लकडाउन छ । आपतकालीन अवस्थामा मात्र यहाँका मानिसहरुलाई बाहिर जाने अनुमति दिइएको छ ।

यद्यपि तमाम सावधानीको बाबजुद करिब १० लाख मानिसको बसोवास रहेको यो शरणार्थी क्याम्पमा कोरोना भाइरसको संक्रमण फैलिएको हो । यहाँ भौतिक दुरी कायम राख्नु पनि निकै कठिन हुन्छ । म्यानमारबाट भागेर आएका उनीहरु बंगलादेशको उक्त शिविरमा निकै घना आवादी भएको स्थानमा बस्छन् ।

बंगलादेशले यो क्याम्पमा इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अपिल गर्दा समेत यहाँको इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटाइएको छैन । महामारीको समयमा बिरामीको जानकारी मानिसहरुसमक्ष पुर्याउन इन्टरनेट निकै महत्वपूर्ण हुने गरेको छ ।

यो शिविरमा साबुन र सफा पानीजस्ता आधारभूत कुराहरु पनि उपलब्ध छैनन् । महामारी नियन्त्रणको लागि सरकारले यो क्षेत्रमा सयौं आइसोलेसन बेड तयार गरेको छ । तर, यहाँको स्वास्थ्य सेवा निकै साधारण छ ।

गम्भीर बिरामीको लागि यो शिविरमा कुनै भेन्टिलेटरसमेत उपलब्ध छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment